दिनेश खडका खप्तडि/क्वालालम्पुर
मलेसिया। सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङले स्व हर्क बहादुर ऐरको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
कोरोना सक्रमणबाट गत महिना मलेसियामा मृत्यु भएका कंचनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का स्व हर्क बहादुर ऐरको परिवारलाई नेपाली रु ३१ हजार ९ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेको क्षेत्रिय समिति पेनाङका संरक्षक रमेश सिंह ऐरले बताउनुभयो।
सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङ्गका अध्यक्ष शिव बहादुर ऐरले सहयोग गर्ने सवैलाई धन्यवाद दिदै आउदो दिनहरुमा पनी यस्तै सहयोगको अपेक्षा राखेका छन । मृतक परिवारमा आर्थिक अवस्था कमजोर भएको कारण समाजले सहयोग गरेको क्षेत्रिय समिति अध्यक्ष शिव बहादुर ऐरले बताउनुभयो ।
स्व हर्क बहादुर ऐरको कोरोना संक्रमणबाट गत साउन २७ गते निधन भएको थियो ।उनको मृत्यु पछि पनि कोरोना रिपोर्ट पोजिटिभ आए पछि हिन्दु संस्कार अनुसार मलेसियामै दाहासंस्कार गरिएको थियो।
स्वं हर्क बहादुर ऐरको परिवारमा श्रीमती , दुई छोरी एक छोरा रहेका छन ।छोरा कक्षा ८ र छोरीहरुले क्रमस ६ र ४ कक्षा पढदैछन ।