दिनेश खडका खप्तडि/क्वालालम्पुर

२ असोज २०७८, शनिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसिया रहदा विभिन्न आरोपमा पक्राउ परि वन्दि जीवन विताएका दश जना नेपालीहरु शनिवार स्वदेश फर्कदै छन ।
नेपाल फर्कनेहरुमा मानेभन्जाङ २ भोजपुरका खड्क सि वस्नेत,पन्चभुटि ४ उदयपुरका नैन वहादुर सार्कि,धनकुटा २ धनकुटाका पदम वहादुर सार्कि,सोलपु ७ वाँकेका इमहरा खान,परवानीपुर ४ चीतवनका मान वहादुर गुरु ङ रहेका छन ।
यसैगरी वत्तीसपुर २ सिराहाका कारी मलारा ,याङरुक ५ पाचँथरका खगेन्द्र मावो,गैडाकोट ८ नवलपरासीका तुल वहादुर विक,रामग्राम १७ नवलपरासीका राधेश्याम चौधरी र मैथहनी ७ महोत्तरीका एक नेपाली रहेका छन ।
उनीहरु हिमालयन एयरलाइन्स मार्फत नेपाल फर्किदैछन । नेपाल फर्कन सवैलाई गैर आवासिय नेपाली संघले हवाई टिकट उपलब्ध गराएको थियो ।
एनआरएनएले पछिल्लो समयमा कोभिडको कारण समस्यामा परेका,जेलमा परेका तथा विभिन्न कारणले हवाई टिकटको अभावमा नेपाल फर्कन समस्या परिररहेकाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर