१ असोज २०७८, शुक्रवार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल १७४ रनमा अलआउट भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको कुनै पनि समयमा ब्याटिङ चल्न सकेन ।

ओपनर ब्याट्सम्यान आशिफ शेखलाई ५ रनमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई ३६ रनमा गुमायो ।

रोहित पौडेल २ रनमा बनाएर आउट हुँदा बिनोद भण्डारी १० रनमा आउट भए । कुशल मल्ल शुन्य रनमा पेभेलिएन फर्किए ।

सोमपाल कामी २ रनमा आउट हुँदा करन केसीले १२ र सन्दीप लामिछानेले ११ रन बनाए । नेपालको लगातार विकेट पतन भइरहँदा एकतर्फी इनिङ्स समाल्ने प्रयास गरेका कप्तान ज्ञानेन्द्र मल्ल ५५ रनमा आउट भए ।

१०५ बलको सामना गरेका मल्लले ३ चौकाको मद्दतमा ५५ रन बनाए । डेब्यू खेलाडी गुल्सन झा २८ रनमा पेभेलिएन फर्किए ।

अमेरिकाका सौरभ नेत्रभल्कार एक्लैले ४ विकेट लिए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर