
१ असोज २०७८, शुक्रवार
जनउद्वार केन्द्र मलेसियाले सेक्टेम्वर १८ तारिखका दिन ‘मलेसियामा सेक्युरिटी गार्डको समस्या र समाधान’ विषयमा अन्तक्रिया कार्यक्रम गर्ने भएको छ ।
रोजगारको सिलसिलामा मलेसियाका बिभिन्न क्षेत्रमा कार्यरत सेक्युरिटी गार्डमा देखिएका समस्याहरु देखिएकोले त्यसलाई मध्यनजर गर्दै पहिलो चरणको अन्तक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष केशु थापाले बताउनुभयो ।
सेक्युरिटि गार्ड सम्वन्धि दख्खल राख्नेब्यक्तिहरु,नेपाली दुतावास मलेसियाका प्रतिनिधिmसेक्युरिटि गार्डमै समस्या भोगिरहेको श्रमिक साथीहरु, गैर आवासिय नेपाली संघ, मलेसियाका स्थानिय सेक्युरिटि गार्डहरुको सप्लाई गर्ने ब्यक्तिहरु तथा विभिन्न संघसंस्थाका जिम्मेवार पदाधिकारीहरुको सहभागिता रहने संस्थाले जनाएको छ ।
कार्यक्रममा शनिवार साझँ मलेसियाको समय अनुसार साढे ८ बजे भर्चुअल माध्यमवाट गरिने भएको छ । सवैमा सहभागि भएर आफना धारणाहरु राखिदिन समेत जनउद्धार केन्द्रले सवैमा अनुरोध गरेको छ ।