३१ भाद्र २०७८, बिहिवार

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति मलक्काले भिरबाट लडेर घाईते भएका नवराज जोशिलाई आर्थिक सहयोग गरेको छ ।

केहि हप्ता अघि डोटीको मुष्टामाडौ नजिकैको भिरबाट लडेरघाईते भएका डोटी केआईसि गाउँपालिका वडा नं ६ का नवराज जोशिलाई   २६ हजार १ सय ५२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

घाईतेलाई उपचार गर्नको लागि आवश्यक उपचार खर्च कमि भएको जानकारी गराएपछि समाजले सहयोग गरेको हो ।  सुदूरपश्चिमेली नेपाली समाज मलेसिया मल्लका क्षेत्रिय समितिका अध्यक्ष पदम राज जोशीले सहयोग गर्ने सवैलाई धन्यवाद दिदै आउदो दिनहरुमा पनी यस्तै सहयोगको अपेक्षा राखेका छन ।

संकलन रकम समाजसेवि गोपाल प्रसाद जोशीको समन्वयमा बिहिबार पिडितको आमालाई हस्तान्तरण गरिएको छ । धनगढीको निसर्ग अस्पतालमा जोशिको उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर