३१ भाद्र २०७८, बिहिवार

नेपाली काग्रेसको १४ औ अधिबेशनको लागि बझाङ जिल्लाको सचिबमा युवा नेता ज्ञानेन्द्र सिंह ठकुरीले उम्मेदवारी दिने भएका छन ।

२०४८ सालदेखी नेबिसंघ बाट राजनिती सुरु गरेका सिहले जिल्ला नेवि संघको जिल्ला सदस्य,उपाध्यक्षको भुमिकाकुशलतापुर्वक सम्पन्न गरेका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको वखतमा समेत प्रवासमा रहेका नेपाली काग्रेसका साथीहरुलाई जनसम्पर्क समितिमा समाहित गराउन उल्लेख्य भुमिका खेलेका थिए । मलेसियामा जनसम्पर्क समिती जोहोरराज्यको सल्लाहकार समेत  रहेका सिंह व्यावसायि तथा समाजसेवीको रुपमा समेत आफनो पहिचान वनाएका छन ।

२०६२ सालमा मलेसियामा रहेका सुदूरपश्चिमेलि हरुलाइ सम्पर्कमा जोड्ने र सुदूरपश्चिमको कला सस्कृती लाई अन्तर्राष्ट्रिय सम्म प्रचारप्रसार तथा चिनाउने उदेश्यले मलेसियामा सुदूरपश्चिम समाजको स्थापना गरि विभिन्न सामाजिक कार्य गर्दै सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको संरक्षक तथा सुदुर पश्चिम समाज अन्तर्राष्ट्रिय समितिको दक्षिण एसिया संयोजकको भुमिका सम्म निर्बाह गरिसकेका छन ।

गैर आवासीय नेपाली सघ मलेसियाको , युवा संयोजक हुँदै उपाध्यक्षको रुपमा समेत रहेर काम गरिसकेका सिंह निकै अनुभवी समाजसेवी तथा राजनीतिज्ञ भित्र पर्छन
पछिल्लो समय गृह जिल्ला बझाङमा सकृय राजनिती आउन थालेका सिंह प्रवास तथा नेपालमा बटुलेको अनुभवलाई गाउघर, समाज तथा जिल्लामा जोडन सकिने वताउदै नेपाली काङ्ग्रेसको बझाङ जिल्लाको सचिबमा उम्मेदवारी दिन लागेको वताएका छन ।

सिंहले मलेशिया , थाइल्यान्ड , सिङापुर, इन्डोनेसिया , फिलिपिन्स थाइल्यान्ड , बङ्गलादेश , भियतनाम , दुबइ , ओमन , साईप्रस चाइना माल्दिप्स पाकिस्तान ,व्रुनाई आदि देशहरुको भ्रमण समेत गरिसकेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर