३१ भाद्र २०७८, बिहिवार

पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । ज्वेलर्सबाट मुद्राको अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर