३१ भाद्र २०७८, बिहिवार

पहुचको अभाव हुदा मलेसियामा धेरै नेपालीहरुले तोकिएको अवधिभन्दा धेरै समय सम्म पनि जेलको वस्नु परिरहेको छ । कतिपय नेपालीहरुले परक परिचयका आधार वनाएर वस्दा समेत उनीहरुको घरफिर्तिमा समस्या देखापरेको छ ।

https://amzn.to/4myfPN5

अवैधानिक भएको अवस्थामा उनीहरुले वनाउने कार्डको आधारमा मुद्धा दर्ता हुने र ब्यक्ति फरक हुदा समेत फरक पर्ने गरेका थुप्रै उदाहरणहरु छन । मलेसियामा अवैधानिक हुना साथ अधिकाशंले कम्पनीको विरुद्धमा प्रहरी रिपोर्ट गरेको हुदैनन । तर कम्पनी मालिकले भने श्रमिकहरुलाई झुटामुद्धा दर्ता गराईदिन्छ ,जसको कारण पनि धेरै नेपाली अनावश्यक जेलमा वस्न वाध्य छन ।

गैर आवासिय नेपाली संघ मलेसियाका उपाध्यक्ष दिल केरुग भन्छन ‘अवैधानिक भएर पक्राउ परियो भने इन्भेस्टिगेसन अपिसरले केस अदालतमा बुझाएको आधारमाअवैधानिक भएको अवधि हेरेर तीन महिना देखि एक वर्ष सम्मकोसजाय सुनाएको अनुभव छ’ ।
उनी थप्छन ‘यदि अदालतमा श्रमिकको तर्फवाट वकिल राख्न सकियो भने र वहस गर्ने पक्ष भयो भने फाईन तिरेर सोधै डिटेन्सन क्याम्पमा जान सकिने र यात्रा अनुमती पत्र वनाएर स्वदेश फर्कन सकिने ब्यवस्था रहेछ’ ।

अधिकांश श्रमिकहरुको पक्षमा वोलिदिने र पहुच नभएका कारण धेरै नेपालीहरुले निकै लामो जेल सजाय भोग्नु परिरहेको छ ।
नेपाली दुतावासको पछिल्लो तथ्थांक अनुसार हाल मलेसियाका जेल र क्याम्पमा गरेर १७०जना नेपालीहरुले वन्दि जीवन विताईरहेका छन । जसमध्ये धेरै जसो अवैधानिक भएको अवस्थामा पक्राउ परेका हुन ।

पहिलाको तुलनामा अहिले भने केहि सचेत भैरेहेको पिएनसिसि मलेसियाका संयोजक मनोज चापागाईको ठहर छ उनी भन्छन ‘पहिला त्यति धेरै संघसंस्थाहरु थिएनन कहाँ जाने भन्ने समेत थाहा थिएन तर अहिले पहिलेको तुलनामा केहि सहज भएको छ’ ।
यस अघिका वर्षहरुमा क्याम्पवाट घर फर्कनको लागि हवाईटिकट नपाएर समेत धेरै नेपालीहरु अधिक समय जेलमा वस्नु परेको थियो ।
मलेसियाका केहि ठुला कम्पनीहरुले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष  महिनामा निश्चित कोटा टिकट उपलब्ध गराउने संझौता समेत नेपाली दुतावास संग गरेका थिए । तर त्यसलाई त्यहाका कम्पनीहरुले निरन्तरता दिएनन । हाल अलपत्र र जेलमा परेका नेपालीहरुलाई आएलओको कार्यक्रम अन्तरर्गत गैर आवासिय नेपाली संघले हवाईटिकट दिएर सहयोग गरिरहेको छ ।

कतिपय देशलाई मलेसियाको अध्यागमन विभागले जेलमा पर्नासाथ उनीहरुको दुतावासमा तुरुन्तै इमेल या सम्पर्क गरिदिने गर्दछन । तर नेपाल वंगलादेश,म्यानमार जस्ता देशहरुमा भने मलेसियाका अध्यागमन अधिकारीहरुले सुचना  ढिलो दिने गर्छन  जसको कारण पनि धेरै समय वाध्यतावस जेलमा वस्नु पर्ने अवस्था  छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर