३० भाद्र २०७८, बुधवार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दैछ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने जानकारी परीक्षा नियन्त्रक शर्माले दिए । यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर