फोटो: दुल्लुखवरवाट

२९ भाद्र २०७८, मंगलवार

दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको गएराती घाँटी रेटेर हत्या गरिएको हो ।

हत्यापछि प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छैन् । ‘घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुप श्रेष्ठले भने, ‘घटना भएपछि शंकास्पद देखिएका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले दैलेख पु¥याउँदैछ ।’

दैलेख सदरमुकामबाट घटनास्थलको दुरी झण्डै चार घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठ बताउँछन् । ‘तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौं,’ श्रेष्ठले भने ।

शिक्षक विसीको स्कुल वरण्डामा घाँटी रटेर हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको थियो । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेख लगिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर