२९ भाद्र २०७८, मंगलवार
टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित नदिमा खसेर सोहि वडाकि १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ।केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् । स्थानीय ,आफन्त र प्रहरीले लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।









