
२९ भाद्र २०७८, मंगलवार
इजरायलमा केयर गिभर का लागि काम गर्न जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् ।
६ हजार ३१७ जनाले लिखित परीक्षा दिएकोमा १ हजार ३९५ जना महिला र ६४४ जना पुरुष रहेका छन् ।उत्तीर्ण भएकाको उचाई तौल तथा अन्तरवार्ता भदौ १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले दिएको जनाएको छ ।
विभागले साउन १२ देखि इजरायल जान चाहनेहरुका लागि खुलाएको आवेदनमा कुल ७ हजार ९ जनाको दरखास्त दिएका थिए ।
यस्तै २ हजार ६९० जनाको आवेदन अस्वीकृत भएको थियो ।