२९ भाद्र २०७८, मंगलवार

काठमाडौँको ठुलो भ-याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिने धामीशिर चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने मकवानपुर घर भई ठुलो भ¥-याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जनलाई पक्राउ गरेको हो ।

भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।

ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर