
२९ भाद्र २०७८, मंगलवार
नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोकोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ ।
अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालले राजनीतिलाई नकारात्मक बाटोमा धकेलेको आरोप लगाउनुभयो ।
सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर पुष्पकमल दाहाल र माधव नेपालको मुख बनेको उहाँको आरोप छ ।
कार्यक्रममा नेता टोपबहादुर रायमाझीले फुटेर सानोसानो हुँदै गएका पार्टी विस्तारै विलय भएर जाने बताउनुभयो ।