२८ भाद्र २०७८, सोमवार

दैलेखमा एक जना बलात्कार आरोपित व्यक्तिलाई १२ वर्षको कैद सजाय तोकिएको छ ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा आरोपित दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश बिकलाई जिल्ला अदालत दैलेखले सोमबार उक्त कैद सजाय तोकेको हो।

२०७७ असार १५ गते जङ्गलमा बलात्कार गरेको घटनामा गएको चैत ५ गते छोरी जन्मेपछि पीडित पक्षले चैत १३ प्रहरीमा उजुरी गरेको थियो । उजुरी सम्बन्धमा प्रहरीले आरोपित बिकलाई ०७८ जेठ १५ गते गिरफ्तार गरी अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर