२८ भाद्र २०७८, सोमवार

दक्षिण कोरियामा नेपाली कामदार पुन पठाउने विषयमा आवश्यक गृहकार्य गरी प्रकृया छिटटै  सुचारु गरिने भएको छ।

https://amzn.to/4myfPN5

ईपिएस अन्तर्गत हालसम्म ६५ हजार भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन।

लकडाउन भई अन्तराष्ट्रिय उडान समेत बन्द भएकोले कोरियामा नियमित तथा कमिटेड कामदारहरुको उडान प्रकृयाय रोकिएको करिव १९ महिना भन्दा बढि भैसकेको छ। महामारीका कारण कोरियाली सरकारले नेपाल लगायत अन्य देशबाट समेत कामदार भित्र्याउन रोक लगाएको छ।

प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारका तर्फबाट विभिन्न चरणमा एचआरडी सर्भिस अफ कोरिया समक्ष प्रयास भैरहेका छन।

यसै सन्दर्भमा हाले वैदेशिक रोजगार विभागका महा निर्देशक दिपक काफ्ले र ईपिएस नेपाल सेण्टरका नेपाल प्रतिनिधि किम युन डकबीच प्रकृया सहजिकरणका बारे कुराकानी भएको थियो। व्दिपक्षीय छलफल जारी रहने बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर