२८ भाद्र २०७८, सोमवार
चर्चित गायिका विष्णु माझीको अवस्थाबारे नेपाल प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो ।
सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो । सोही पत्र प्रशासनले प्रहरीमा पठाएपछि बोगटी नेतृत्वको टोली माझीको अवस्थाबारे बुझ्न माइतीघर रहेको चापाकोट पुगेको हो ।