दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२८ भाद्र २०७८, सोमवार

मलेसियामा नक्कली जलानकार्डको विगविगी आजको समस्या होइन । अवैधानिक हुनासाथ वैधानिक ब्यक्तिका नाममा रहेका जलानकार्ड वोकेर हिडनु मलेसियामा सामान्यजस्तै मानिन्छ । प्रहरीलाई झुकयाउनको लागि वनाईएका नक्कली जलनकार्डले वेलावेलामा समस्या भने नित्याउने गरेका छन ।
यस्तै समस्याको गर्दा एक नेपालीको शव करीव डेढ महिना देखि  जोहोरवारुको अस्पतालमा रहयो ।
रोजगारीको लागि मलेसियामा रहेका रानीवास ९ भोजपुरका ४० वर्षिय उद्धव वहादुर वस्नेत कम्पनी राम्रो नभएपछि अवैधानिक वन्न पुगे । अवैधानिक वनेपछि वस्नेतले पनि नक्कली जलानकार्ड वनाए । जता जे गर्नपरेपनि उनी त्यहि नामवाट गर्ने गर्थे । यसो गरेर उनले पाचँ वर्ष नै विताए ।


गएको असार अन्तिम हप्तातिर उनी विरामि परे । कम्पनीले  उपचार गराईरह्यो । शूरुमा पानी जमेको छ भनेर अस्पतालमा भर्ना भएका वस्नेतको साउन १९ गते अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । शरीरमा पानी जम्यो भनेर भर्ना भएका उद्धवको मृत्युपछिको रिपोर्टमा ह्दयघातवाट मृत्यु भएको भन्ने  मृत्युको प्रमाणपत्र उद्धवको छोरा दिवश वस्नेत लाई नेपालमा आईपुगेको छ ।
उद्धवको मृत्यु अस्पतालमा भयो । तर उनी सगं भएको जलानकार्ड अनुसार मृत्यु हुने ब्यक्ति उद्धव नभएर अर्के नै थियो जसको नामको जलानकार्ड उद्धवले वोक्ने गरेका थिए ।
मृत्यु पछिको कागजपत्रहरु अरुको नाममा वन्दै गयो ।  मृत्यु उद्धवको भएको थियो कागजपत्र अरुको वन्दै थियो । जलान कार्डको आधारमा कम्पनीले नेपालमा सम्पर्क गरयो विभिन्न निकाय धायो तर पत्ता लागेन ।

शवको पहिचान गर्नको लागि भोजपुरे एकता समाज मलेसियाले भुमिका खेल्यो । फोटोलाई खिचेर परिवार संग पुरयाईदियो । ‘उद्धवको घरपरिवार पत्ता लगाएर भन्यो,जलानकार्ड जसको वोकेको भएपनि शव  रानीवास ९ भोजपुरका उद्धव वहादुर वस्नेतकै हो’ ।
अव फेरी वनिसकेको कागजपत्रहरुलाई सुधार्नु पर्ने भयो । ‘शवलाई नेपाल पठाउन निकै समस्या रहेको र कोहि पनि अवैधानिक नहुन, नक्कली जलानकार्ड नवनाउन सुझाब दिन्छन भोजपुरे सेवा समाजका अध्यक्ष खेम खत्री’  । खत्रीले राष्ट्रडेलीलाई भने ‘सवै प्रकृया भैसकेको रहेछ नाम फरक ठेगाना फरक सवै फरक फरक वल्लवल्ल समाजको सहयोगले शव नेपाल पठाउन सकियो’ ।

शव शनिवार नेपाल पुगेको छ । भोजपुर लैजान समस्या भएपछि एक मात्र छोरा दिवशले शवको अन्तिम दाहसंस्कार पशुपतिमा गरेर फर्किएका छन । पुरानो घर भोजपुर भएपनि हाल इटहरी नगरपालिका वडा ८ मा वसिरहेको कारण हिन्दुपरम्परा अनुसार घरपरिवार इटहरीमै काजक्रिया गरिरहेका छन ।

मलेसियामा अवैधानिक भएका हरुले साथमा लिएर हिड्ने गरेको नक्कली जलानकार्डकै  आधारमा अस्पतालमा उपचार गराउदा होस कि प्रहरीले पक्राउ गर्दा होस या समातेर जेलमा लैजादा होस जलानकार्डकै आधारमा गर्ने भएकाले पनि धेरै समस्याहरु देखिन गरेका छन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर