२८ भाद्र २०७८, सोमवार

माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

https://amzn.to/4myfPN5

न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा एमालेको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिने/ नदिनेबारे छिनोफानो हुनेछ ।

यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए । रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर