२८ भाद्र २०७८, सोमवार

हुम्लाका सातमध्ये ६ वटा स्थानीय तहका विद्यालयमा पढाइ सुरु भएकाे छ । जिल्लामा कोरोना संक्रमणको दर शून्य भएपछि सिमकोट, नाम्खा,खार्पुनाथ, ताँजाकोट, चंखेली र अदानचुली गाउँपालिकाले पठनपाठन सञ्चालन गरिसकेका छन् । अब सर्केगाड गाउँपालिकाका विद्यालय खुल्न बाँकी छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सिमकोट र खार्पुनाथका विद्यालयमा आइतबारबाट भाैतिक उपस्थितिमा पढाइ सुरु भएकाे हाे । बाँकी चार गाउँपालिकाका विद्यालय यसअघि नै खुलिसकेका थिए । गाउँपालिकाका शिक्षा समितिको निर्णय अनुसार पढाइ सुरु भएकाे मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे १४ भदाैकाे बैठकले सामुदायिक तथा संस्थागत विद्यालयमा भाैतिक उपस्थितिमै पढाइ सुरु गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर