२८ भाद्र २०७८, सोमवार

नेकपा एकीकृत समाजवादी यूके गठन भएको छ ।
कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय नेकपा एकीकृत समाजवादी यूके कमिटी गठन भएको हो ।

https://amzn.to/4myfPN5

यस अघि माधवकुमार नेपाल समूहको प्रवासी नेपाली मञ्च विधिवत विघटन गरि नेकपा एकीकृत समाजवादी यूके गठन भएको हो ।कमिटीमा वरिष्ठ उपाध्यक्षमा उमेशराज मोक्तान, उपाध्यक्ष सुशीला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा र सदस्यहरूमा एस के गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ, आयुष गुरुङ, नवीन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, शुशी गुरुङ, दिपेन्द्र अधिकारी, अभिषेक कटुवाल, नोर्वु शेर्पा रहेका छन ।

प्रवासी नेपाली मञ्चका निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी बराल लाई समितिको सल्लाहकार चयन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर