२७ भाद्र २०७८, आइतवार

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएको जनाइएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पु¥याएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रत्येक वर्ष बर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ ।

सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार