२७ भाद्र २०७८, आइतवार

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।

https://amzn.to/4myfPN5

आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मेनुका कुँवर रहेका छन् । त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् भने सल्लाहकारहरुमा मदनकुमार श्रेष्ठ, रुद्र खड्का, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् ।

 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, श्रम मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम  नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु संस्थागत भएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा समाजद्वारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन, कोभिडपछि अवको बाटो’समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर