२७ भाद्र २०७८, आइतवार

कोरीयाको जेलमा रहेका एक नेपालीले सहयोग गरिदिन अपिल गरेका छन । इलाम घर भएका २७ वर्षिय निरौला थरका एक नेपालीले सहयोगको अपिल गरेका हुन ।
कम्पनीमा दुर्घटनामा परेपछि न्यायखोज्दा कम्पनीले अवैधानिक वनाईदिएपछि पक्राउ परेको र हाल ह्रासंग स्थित जेलमा दुईवर्ष देखि परेको हेल्लो नेपाल कोरीया डटकमले समाचारमा उल्लेख गरेको छ ।
उक्त अनलाईनका अनुसार निरौलालाई जेलवाट प्रत्येक हप्ता ३० मिनेट जति इण्टरनेट चलाईने र सोहि वेला घरपरिवारमा सम्पर्क गरिरहेको उल्लेख  छ । निरौलाले नेपाली दुतावास तथा विभिन्न संघसंस्थालाई सहयोगको लागि अपिल गरेको भएपनि सहयोग नपाएको गुनासो गरेका  छन ।
निरौलाका अनुसार कोरीयन भाषाको समस्या भएको र कोरीयन भाषामा राम्रो सगं कुरागर्ने कोहि भए जेल मुक्त हुने संभावना रहेको समेत वताएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर