दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२७ भाद्र २०७८, आइतवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा न १० घर भई जोहोरवारुको सुसु सातु भन्ने ठाउँमा रहेको एक कम्पनीमा कार्यरत ३४ वर्षका गुप्त वहादुर खत्रीको शनिवार राती मृत्यु भएको हो ।
खत्री ६ वर्ष देखि गार्ड इन्करपोटिभ एसडिएनविएचडि कम्पनी अन्तरर्गत रहेर सेक्युरिटि गार्डको रुपमा कार्यरत थिए ।
कोरोना सक्रमण देखिएपछि खत्रीको आठ तारिखदेखि जोहोरको सुल्तान तुनअमिना अस्पतालमा उपचार भैरहेको थियो ।
उपचारकै क्रममा खत्रीको मृत्यु भएको सोहि कम्पनीमा कार्यरत तेज प्रसाद शर्माले राष्ट्रडेलीलाई जानकारी गराए ।
खत्रीको परिवारमा श्रीमती र दुई छोरा रहेका छन । शवको पोसपार्टम हुन वाँकि रहेको छ ।