२७ भाद्र २०७८, आइतवार

बहराइनमा नेपालीसहित सयौँ विदेशी श्रमिक आन्दोलित बनेका छन् । नासिर सिड अलहाजरी कार्पोरेसन (एनसएच ) कम्पनीमा कार्यरत सयौँ श्रमिकहरु केही दिनदेखि आन्दोलित भएका हुन् ।

एक श्रमिकले समयमा उपचार नपाउदा मृत्यु भएपछि उचित सुरक्षाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।

कम्पनी खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर उनीहरुले अन्दोलन गरेपछि त्यहाँको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकहरुलाई काम फर्काउने प्रयास गरिरहेका छन् ।
नेपाली श्रमिकहरुलाई संयमित हुन् त्यहाँस्थित नेपाली दूतावासको आग्रह गरेको छ । दूतावासले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै कम्पनी व्यवस्थापन र कामदारबीच भएको विवादलाई समाधानार्थ नेपाली दूतावासले बहराइन सरकार, रोजगारदाता कम्पनी एवंम कार्यरत कामदारहरुबीच छलफल तथा वार्तापश्चात समस्या समाधानको प्रारम्भिक खाका सबै कामदार माझ बहराइन सरकारले राखेको र त्यसमा सबैको सहमति भएको भन्दै आन्दोलन नगर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर