२७ भाद्र २०७८, आइतवार

बागलुङ, रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन्।

https://amzn.to/4myfPN5

ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो। राहत रकम बुझ्नेमा वडा नम्बर १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नम्बर ५ का पाँच परिवार छन्।

एउटा परिवारलाई न्यूनतम पाँच हजारदेखि बढीमा एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ। स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेका थिए।

सो समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नम्बर ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि आठ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण/सामग्रीसमेत प्रदान गरेको छ। समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा १४ लाख जम्मा गरेको थियो। गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।

समाजले गाउँपालिकामा हुने विपद्का घटनादेखि विकास निर्माणका अभियानमा सहकार्य गर्दै आएको उनले स्मरण गरे। ताराखोलासँगै गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका सङ्घसंस्था मानवीय सेवाका काममा सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर