२६ भाद्र २०७८, शनिवार

वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका १७ जना नेपालीको शव र अस्तु नेपाल ल्याईएको छ ।
नेपाल एयरलाइन्सको ४१६०५–०७३५ को हवाई उडानबाट ६ जनाको शव र ११ जना नेपाली श्रमिकको अस्तु गरि १७ जनाको शव र अस्तु नेपाल ल्याईएको हो ।

https://amzn.to/4myfPN5

आज नेपाल आएका शवहरुमा सुनसरीका उद्धवबहादुर बस्नेत, सप्तरीका राकेश कुमार यादव, वैतडिका गोपालसिंह बस्नेत, भोजपुरका जबर बहादुर राई, मोर ङका शिवकुमार तामाङ, र रोल्पाका ओमप्रकाश पुनमगरको रहेको छ ।

यसैगरी रुपन्देहिका गणेश ज्ञवाली, मोर ङका टिकाराम भट्टराई, रामेछापका नरबहादुर कार्की, कास्कीका मेखबहादुर गुरुङ, महोत्तरीका रामबाबु पण्डित, ताप्लेजुङका राजेन्द्र लिम्बू, सर्लाहिका महेश्वर राय यादव, पाल्पाका तुलबहादुर खङ्गाह, महोत्तरीका खुमबहादुर राना, मोरङका रामबहादुर धिमाल, दैलेखका ललित महराको अस्तु नेपाल ल्याईएको हो ।

नेपाल ल्याइएका अस्तुहरूमध्ये ११ जनाको कोरोना भाइरस का कारण निधन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो।

पछिल्लो समयमा मलेसियामा कोरोनाले धेरै नेपालीहरुको ज्यान गैरहेको छ । गत महिना अगष्ट महिनामा मात्रै ११२ जना नेपालीहरुको मलेसियामा मृत्यु भएको थियो जसमध्येख ९६ जनाको कोरोना सक्रमणवाट मृत्यु भएको नेपाली दुतावास क्वालालम्पुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर