२६ भाद्र २०७८, शनिवार

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका २६ वर्षीय लोकबहादुर कार्की छन् ।

https://amzn.to/4myfPN5

गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कार्की परिवारकै आफन्त भएको सङ्खुवासभाका प्रहरी प्रमुख सुवेदीले जानकारी दिए। यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ती व्यक्तिको नाम आइतबार नै सार्वजनिक गरिने प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर