दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२६ भाद्र २०७८, शनिवार

मलेसियामा एक नेपालीको शुक्रवार दिउसो मृत्यु भएको छ । दाङ जिल्ला राप्ती नगरपालिका घर भई मलेसियाको वातुपहातमा रहेको सगंलिन गार्मेट कम्पनीमा कार्यरत ३२ बर्षिय प्रमोद शर्माको मृत्यु भएको हो ।
मृगौलामा समस्या देखिएपछि शर्मा केहि दिन अगाडि मात्रै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । उपचारकै क्रममा शर्माको मृत्यु भएको हो ।
शर्मा रोजगारीको लागि आठ वर्ष अगाडि मलेसिया आएका थिए । मृतक शर्माको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन ।
शवलाई आवश्यक प्रकृया पुरयाएर नेपाल पठाउने तयारीै भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर