२६ भाद्र २०७८, शनिवार

साउदी अरवको जेद्धामा रहेको सेद इन्टरनेसनमा कार्यरत ४० जना नेपालीश्रमिकहरु लाई कम्पनीले एक्जीट भिषा नलगाईदिदा समस्यामा परेका छन । भिषा नलगाईदिएको कारण उनीहरु नेपाल फर्कन सकिरहेका छन ।
कम्पनीमा कार्यरत नेपालीहरुले नेपाल फर्कनको लागि पाँच महिनादेखि पहल गरिरहेको भएपनि कम्पनीले एक्जीटभिषा नलगाईदिदा समस्या परिरहेको छ ।
कम्पनीले खानबस्न दिए पनि लामो समयसम्म कोठामा वसिरहनु परेकोले आफुहरु मानसिक तनावमा परेको वताएका छन ।आफूहरुको समस्या जेद्धास्थित महाबाणिज्य दूतावासलाई जानकारी गराउदै ४० जनाकै नाम लिष्टसहित जानकारी गराएको भए पनि दुतावासले आज हुन्छ, भोली हुन्छ भनेर झुलाई रहेको गुनासो गरेका छन् ।
पाचँ महिनादेखि भिसाविहीन अवस्थामा वस्नु परिररहेकोले त्यहाँ रहेका विभिन्न संघसस्था लगायत सम्बन्धित निकायलाई आफूहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर