२५ भाद्र २०७८, शुक्रवार

नेपाली कांग्रेसका १४ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

https://amzn.to/4myfPN5

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जिवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादव छन् ।

उनीहरुले शुक्रबार मात्रै अधिवेशन तालिका संशोधन गरेर स्थानीय तहका अधिवेशनहरु पर सारेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर