२५ भाद्र २०७८, शुक्रवार

अमेरिकास्थित कोलोराडोको वेष्टमिनिस्टर सहरमा सेप्टेम्बर ११ र १२ मा नेपाली राजदुतावासको घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन हुने भएको छ ।
कोलोराडो, न्यु मेक्सिको र वायोमिङ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न लागेको वाशिङ्गटनस्थित नेपाली राजदूतावासले जनाएको छ
शिविरबाट राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमति पत्र र पर्यटक भिसा सेवा प्रदान गर्ने राजदूतावासले जनाएको छ ।

राजदूतावासको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर