२५ भाद्र २०७८, शुक्रवार

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले विदेशीलाई दिने भिसासम्बन्धी व्यवस्थामा परिवर्तन पार्न थालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यूएईमा शुरू हुन लागेको ५० वटा नयाँ योजनामा काम गर्ने विदेशी जनशक्तिको भिसासम्बन्धी व्यवस्थामा परिवर्तन गर्न थालेको स्थानिय पत्रिकाहरुले समाचार जनाएका छन ।
समाचारहरुमा जनाईएअनुसनर तोकिएका योजनामा काम गर्न जानेहरूलाई प्रदान गर्ने भिसालाई ‘गोल्डेन भिसावाह’को श्रेणीमा राखेको छ । उनीहरूले स्थानीय स्पोन्सर बिना नै बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने छन् ।

गोल्डेन भिसामा वैज्ञानिक, सीईओ, इन्जिनियर, म्यानेजर र प्राविधिक जनशक्तिलाई प्राथमिकतामा रहेका छन ।

नयाँ नियमले यूएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा तीन महिनासम्म बस्न सकिने भएको छ । पहिले त्यस्तालाई एक महिना मात्र यूएईमा बस्न दिने व्यवस्था थियो ।

यसअघि व्यावसायिक यात्राका लागि दिइँदै आएको तीन महिनाको अवधिलाई लम्ब्याएर ६ महिना बनाएको छ भने उच्च आम्दानी हुने आप्रवासी कामदारले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न समेत सक्ने ब्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर