
२५ भाद्र २०७८, शुक्रवार
जापानका व्यवसायी ददिवल खड्काले गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिकको उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन ।
एसिया प्यासिफिक क्षेत्रका सामुहिक समस्याहरू वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र अन्य क्षेत्रमा सहयोग गर्ने योजना सहित उम्मेदवारीको घोषणा गरेका हुन ।
विदेशमा सिकेको सीप र पूँजीलाई लगानी गर्न प्रोत्साहित गर्दै संस्थाको गिर्दो एनआरएनएको साखलाइ जोगाउन थप पहल गर्न आफुले उम्मेदवारी दिन लागेको वताए ।
एनआरएनए तथा अन्य सामाजिक संस्था मार्फत प्रवासी नेपाली समुदायमा खड्काले नेपाली समुदायमा निकै धेरै सामाजिक कामहरु गरिसकेका छन ।