
२५ भाद्र २०७८, शुक्रवार
गोर्खा अभियन्ताहरुको १३ दिन लामो आमरण अनशन टुंग्याउन गरिएको सहमति बमोजिम त्रि(पक्षीय वार्ताको तयारीका लागि वेलायत स्थित नेपाली दूतावासमा वैठक वसेको छ ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार बुधबार दूतावासमा बेलायत सरकारका रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डकर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा तयारी बैठक सम्पन्न भएको छ ।
बैठकमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई, बिजिडब्लुएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबिजिइएनका अध्यक्ष राम राई, गोर्खा सत्याग्रह समितिका प्रवक्ता जुद्धबहादुर गुरुङ तथा गत महिना आमरण अनसनमा बस्ने गोर्खा सत्याग्रहका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहभागी थिए ।
बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बरमा गरिने वार्ताको तयारीका बारे छलफल भएको दूतावासले जनाएको छ ।