
२५ भाद्र २०७८, शुक्रवार
निंद्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो। निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसंग सम्बन्धित हुन पनि संचार नहुन पनि सक्छ।
यी कुराहरु देखे अशुभ मानिन्छ ।
-दाँत झरेको वा भाँच्चिएको देखेमा दुस्ख र झन्झट आईपर्छ ।
-घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
-भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दुस्ख हुन्छ ।
-रत्न वा मणि देखेमा दुस्ख बढ्छ, अपव्यय हुन्छ ।
-सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
-सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
-सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।
-माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
-बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
-सपनामा स्याल देखिनु मृत्यु र दुस्खको कारक हो ।
-रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
-सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
-सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।