 
							दिनेश खड्का खप्तडि
२५ भाद्र २०७८, शुक्रवार
साइप्रसमा नेपालीहरुले भोग्न परेका कानुनि प्रक्रिया ,साईप्रसमा खेप्दै आएका सयौं नेपाली हरुका समस्यामा लगायतका विषय हरुलाई समेटेर सुदुरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्बर बहादुर खड्का र संरक्षक कृप थापाको नेतृत्वमा बिहिबार अबैतनिक नेपाली वाणिज्य दुतावास साईप्रसको कार्यलयमा पुगि ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको छ।
साइप्रसमा कामदार भिसामा आउने नेपाली हरुलाई स्वदेश फिर्ता हुदा पैसा धेरै लाग्ने जन(गुनासो लाई तत्काल समाधान गर्न समाजले माग गरेको छ ।
यस्तै साईप्रसमा कामदारहरूले सामान्य कागजात बनाउन पनि धेरै समय कुर्नु परेको र कागजात बनाउन महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै नेपालका म्यानपावर कम्पनीहरूले अनेक आश्वासन दिएर साइप्रसमा नेपाली कामदार पठाउने क्रममा मोटो रकम असुल्ने कार्य बढिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
घरेलु काममा लागि साईप्रस आउँदा कामदारबाट ४ देखि ६ लाख रुपैयाँसम्म असुल गरिएको पीडित हरूको गुनासो रहेको ध्यानाकर्षण गराईएको छ ।
सरकारले चासो देखाएर व्यवस्था गर्न सके यो भन्दा निकै कम शुल्क तिरेर कामदार भिसामा नेपालीहरू साईप्रस आउन सक्ने वातावरण मिलाउन समाजले आग्रह गरेको छ ।
बिभिन्न कारणले साईप्रसमा पुगेका नेपाली हरुले जेल बिताइरहेका छन्। जेलमा रहेका नेपालीहरु परिणाममुखी बनाउन समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
अवैतनिक नेपाली वाणिज्य दूतावास निकोसिया ,साइप्रसको कार्यालयको कर्मचारी बाहेक तेस्रो व्यक्तिलाई कुनैपनि अधिकार नदिन समेत ध्यानाकर्षण गराईएको सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका संरक्षक कृप थापाले जानकारी गराउनु भयो ।


 
								




 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com