२४ भाद्र २०७८, बिहिवार

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वीपी कोइरालाको जन्मदिन पारेर वीपी जेल बसेको स्थान काठमाडौंमा सुन्दरीजल पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाविधेशन महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

प्रवक्ताको भूमिकामा अब्बल देखिएका शर्माले महामन्त्रीको दाबी गर्दा सभापति शेरबहादुर देउवाकै समुहमा रहने वा अन्य समुहमा जाने भनेर खुलाएका छैनन् ।

कांग्रेसको वडा अधिवेशन शुरु भइसकेको अबस्थामा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका शर्माले तत्कालै प्रवक्ताको जिम्मेवारी भने नछाड्ने बताएका छन् ।

यसअघि कांग्रेस केन्द्रीय सदस्य गगन थापाले समेत महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसबाहेक उपसभापति विमलेन्द्र नीधि र अर्का केन्द्रीय सदस्य कल्याण गष्ुरुङले समेत आगामी अधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसबाहेक संस्थापन समुहबाट वर्तमान सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने तयारी थालेका छन् भने संस्थापन इतरको समुहबाट को उम्मेदवार हुने टुंगिएको छैन ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर