२४ भाद्र २०७८, बिहिवार

कुवेतमा वन्दै गरेको नयाँ एयरपोर्टको २ नम्वर टर्मिनलको खाल्डोमा वालुवाको ढिस्को खसेर पुरिदा ज्यान गुमाउने दुईजना नेपालीको पहिचान भएको छ ।
नेपाली दुतावास कुवेतका अनुसार मृत्यु हुनेमा गोलधाप १ झापाका यम वहादुर कटुवाल र चकचकि ६ झापाका सुकलाल राजवंशी रहेका छन ।
साथै घटनामा घाईते भएका धनमुढा, मिझिंग ८, रोल्पा निवासी सर्वजीत महरा रहेको कुवेत स्थित नेपाली दुतावासले जनाएको छ ।

घटनामा परी घाइते भएका महराको अवस्था वुझन नेपाली राजदूतावास,कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी तथा मिनिष्टर काउन्सेलर प्रकाशमणि पौडेलल फर्वानिया अस्पतालमा पुगेका थिए ।
सेक्टेम्वर ८ तारिखका दिन दिउसो तीन वजेर १५ मिनेट जादा १० मिटर गहिरोमा ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।
यस्तै प्रकारको घटना सन २०२०को फेव्रुअरी १२ तारिखमा पनि भएको थियो त्यतिवेला ६ जना नेपालीको ज्यान गएको थियो । उक्त घटनाको सम्वन्धमा कुवेतका अमिरद्धारा नेपालका राष्टपति समक्ष मृतकका परिवारमा समवेदना पठाईएको थियो । हेलचेक्रयाईका कारण उक्त घटना भएको भन्दै छानविन समिति वनेपनि त्यसको प्रतिवदेन आज सम्म पनि सार्वजनिक गरिएको छैन ।

यो पनि पढनुहोस
वालुवाको ढिस्कोले पुरिदा कुवेतमा दुई नेपालीको मृत्यु

प्रतिक्रिया

सम्बन्धित खवर