२४ भाद्र २०७८, बिहिवार

बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन छिट्टै वृद्धि गर्न लागेको जानकारी दिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बेलायती रक्षा मन्त्रालयले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई एक पत्र लेख्दै गोर्खा पेन्सन स्किम अनुसार भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जानकारी गराएको हो ।

अध्यक्ष गाहा मगरले अगष्ट १६ मा ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै ब्रिटिश गोर्खा सैनिकहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।

ब्रिटिश रक्षा मन्त्रालयले सेप्टेम्बर ७ मा सोही पत्रको जवाफ लेख्दै माग बमोजिम पेन्सन लगायतका सुविधा पुनराबलोकन गर्न सरकार तयार रहको जनाएको हो ।
अगष्टमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति संग आवद्ध अभियन्ताहरु ज्ञान राज राइ, धन गूर्नग तथा पुष्प राना घलेले १३ दिन लामो आमरण अनसन गरे पछि ब्रिटिश सरकार ले नेपाल सरकार तथा गोर्खा सत्याग्रह संग वार्ता गर्न सहमति जनाएको थियो । यो साता तयारी वार्ता पछि आउँदो डिसेम्बर महिनामा त्रिपक्षीय वार्ता हुने छन्।

हेर्नोस ब्रिटिश रक्षा मन्त्रालयले पठाएको पत्र जस्ताको तस्तै:

प्रतिक्रिया

सम्बन्धित खवर