२४ भाद्र २०७८, बिहिवार
कुवेतमा वन्दै गरेको नयाँ एयरपोर्टको २ नम्वर टर्मिनलको खाल्डोमा वालुवाको ढिस्को खसेर पुरिदा दुई जना नेपालीको मृत्यु भएको छ ।
नेपालमा ठेगाना कहाँ हो भनेर नखुलाईएको त्यहँवाट प्रकाशित अरवटाइन्सले जनाएको छ । सेक्टेम्वर ८ तारिखका दिन दिउसो तीन वजेर १५ मिनेट जादा १० मिटर गहिरोमा ढिस्को खसेको थियो जहाँ उनीहरुले काम गरिरेहका थिए ।
आपतकालिन रेस्क्यु टिमको ४ घण्टा सम्म उनीहरुको उद्धार गरेको थियो भने एक जना भारतीयलाई जीउदै उद्धार गरिएको पनि समाचारमा जनाईएको छ ।
यस्तै प्रकारको घटना सन २०२०को फेव्रुअरी १२ तारिखमा पनि भएको थियो त्यतिवेला ६ जना नेपालीको ज्यान गएको थियो । उक्त घटनाको सम्वन्धमा कुवेतका अमिरद्धारा नेपालका राष्टपति समक्ष मृतकका परिवारमा समवेदना पठाईएको थियो । हेलचेक्रयाईका कारण उक्त घटना भएको भन्दै छानविन समिति वनेपनि त्यसको प्रतिवदेन आज सम्म पनि सार्वजनिक गरिएको छैन ।
वुधवार भएको घटनाको सम्वन्धमा विस्तृत विवरण आउन वाँकि छ ।