२४ भाद्र २०७८, बिहिवार
एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् ।
एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् ।
उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रुक्स पनि आएका छन् ।
सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो ।
म सुमारसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल प्रस्थान गरेकी छन् । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।
नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुनेछ ।
यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।









