
२३ भाद्र २०७८, बुधवार
२२ राजनीतिक दल सम्वद्ध संघ संगठनले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरुले आज माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए ।