
२३ भाद्र २०७८, बुधवार
विना प्रमाण जापानको जेलमा सजाय काटिरहेका भन्दै निरज गिरीले आफू निर्दोष रहेकोलेल न्याय दिलाईदिन अपिल गरेका छन ।
निरजले जापानी प्रहरीले झुटा कागजात बनाइ ज्यानमारा सावित गर्न खोजेकाले आफूलाई बचाउन सवै नेपाली संग अपिल गरेका हुन ।
निरजका अनुसार प्रहरीले झुठा कानुनी कागजात तयार गरी चिबा केनको जिल्ला अदालतमा पेस गरेको र सोही कागजातका आधारमा ज्यनमाराको मुद्दा चलाएर जिल्ला अदालतले १८ बर्षको जेल सजाय सुनाइसकेको जानकारी गराएका छन ।
उनले आफ्नो कोठामा लाश देखेपछि आफै पनि फस्छु भन्ने डरले लाश लुकाएको जनाउँदै सोही सन्दर्भलाई लिएर आफूलाई नै हत्यारा सावित गर्न खोजेको बताएका छन् । त्यस्तै उनले अदालतले तोकेको १८ वर्षको जेल सजाय फैसलाबिरुद्ध अञ्चल अदालत टोकियोमा मुद्दा दर्ता गराएको र त्यसको फैसला यही सेप्टेम्बर २८ तारिकमा हुने समेत जानकारी दिएका छन् ।
दुई वर्षअघि नै एनआरएनए जापान, नेपाली दूताबासका साथै नेपालस्थित परराष्ट्र मन्त्रालयलाई समेत पत्र पठाएको भएपनि खासै चासो नदेखाएको उल्लेख गर्दे अहिले एन्जाइ नाम गरेको संस्थाले सहयोग गर्न खोजेको जानकारी दिएका छन् ।
आफूले निर्दोष रहेको भन्दै हालेको मुद्दाको फैसला हुन धेरै दिन बॉकी नरहेकाले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुले निर्दोष भएर पनि जेल सजायँ भोग्नुपर्ने अवस्थाबाट मुक्त गराउन पहल गर्न अनुरोध गर्दै आफूले कसैको मैले ज्यान मारेको नभएर बिना आधार फसाइएको दावी गरेका छन् ।