
२३ भाद्र २०७८, बुधवार
इन्डोनेसियाको राजधानी जकार्ताको एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
बुधबार बिहान १ देखि दुई बजेबीच आगलागीभएको हो ।
जेलको ब्लक सीमा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० जनाको मात्रै हो ।
यो दुर्घटना दर्जनौं घाइतेसमेत भएका छन् । उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।
जेलकी प्रवक्ता रिका अप्रियान्टीले आगलागीको कारणबारे पत्ता लगाउन अनुसन्धान थालिएको वैककपोष्टले जनाएको छ ।