दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२२ भाद्र २०७८, मंगलवार

मलेसियामा कोरोना सक्रमणवाट अछामका एक नेपालीको मृत्यु भएको छ ।
बाब्ला – ३ विष्टगाउँ घर भई मलेसिया प्राईम प्याकेजिक इष्डटिज शाहआलममा कार्यरत ३८ वर्षिय छत्र वहादुर विष्टको मृत्यु भएको हो ।
कम्पनीमा कार्यरत जगत विष्टका अनुसार छत्र करीव सोह्र दिन अगाडि देखि विरामि भएका थिए । स्थानिय क्लिनिकमा केहि दिन उपचार गराएकोमा सो क्लिनिकमा अक्सिजन नभएपछि डिचार्ज गरेर सेलायाङ अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा मंगलबार विहान छत्रको मृत्यु भएको हो । पाचँ वर्ष अगाडि क्लासिक ओभरसिज मेनपावर प्राली मार्फत छत्र रोजगारीको लागि मलेसिया आएका थिए ।
छत्रको परिवारमा श्रीमती र दुई छोरा रहेका छन । शवलाई मलेसियामै अन्त्येष्ठि गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर