दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२२ भाद्र २०७८, मंगलवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ । इम्पेन मुरानी इण्टरप्राईजेज अन्तरगर्त क्वालालम्पुरको भिषा भएपनी पेनामाङ रहेको एक ह्विम पाईप निमार्ण हुने कम्पनीमा कार्यरत ४६ वर्षिय विनोद सिहको कोरोना सक्रमणवाट मंगलवार विहान मृत्यु भएको  हो ।
गएको सेक्टेम्वर एक देखि कोरोना सक्रमण देखिका सिह क्वारेन्टाईनमा वस्दै आएका थिए । उनका अन्य चार जना साथीहरु समेत क्वारेन्टाईनमा सगै छन ।
सक्रमित चारजनालाई नै अरु सहयोगि साथीहरुले सहयोग गरिरहेको थिए । मंगलवार विहान करीव सात बजे तिर सिहं राम्ररीनै दिसा पिसाव गर्न गएका सहयोगि विनोद गुप्ताले जानकारी गराए । गुप्ताले विहान करीव आठ वजेतिर अव तपाईहरु वस्दै गर्नुस म तपाईहरुलाई खाना लिएर आउछु भन्दै भन्दै गएका थिए । तर खाना लिएर करीव दश वजेतीर आउदा सिहको मृत्यु भैसकेको थियो ।सिह पाचँवर्ष देखि मलेसियामा कार्यरत थिए ।
शवलाई पोसमार्टको लागि पेनाङ अस्पतालमा लगिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर