
२२ भाद्र २०७८, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका स्तरीय भेलामा संगठनका विषयमा बिबिध छलफल र प्रशिक्षण गरि सम्पन्न भएको छ ।
भेलामा प्रमुख अतिथि स्याङ्जा जिला इन्चार्ज क.शैलेन्द्र घिमिरे,बिशिस्ट अतिथि जिल्ला संयोजक प्रकाश न्यौपाने किरणको उपस्थिति थियो भने भेलाकोअध्यक्षता ओम बहादुर सिङ्जालिले गर्नु भएको थियो।
भेलामा वर्तमान अवस्थामा माओवादीले खेल्नुपर्ने भुमिका,गाउँपालिकामा संगठन विस्तार तथा पार्टीका सिदान्तहरुलाई कसरी जनतासामु लैजाने जस्ता विषयमा प्रशिक्षण तथा छलफल भएको थियो ।
नेकपा माओवादीका जिल्ला इन्चार्ज क.शैलेन्द्र घिमिरेले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताउनुभयो । उहाँले कार्यकर्तादेखि नेतासम्म पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता रहेकाले त्यो अभियान छिटो सञ्चालन हुने बताउनुभयो ।भेलामा सयौ कार्यकताहरुको सहभागिता रहेको थियो ।