२१ भाद्र २०७८, सोमवार
जापानमा एक नेपालीको मृत्यु भएको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ९ घर भएका ४६ वर्षीय भीमबहादुर केसीको उपचारका क्रममा निधन भएको छ ।
टोकियोको निप्पोरीमा बस्दै आउनुभएका केसी सुगर, प्रेसरको बिरामी थिए र एक महिनादेखि अस्पतालमा रहेर उपचार भैरहेको थियो ।
केसी आठ वर्ष देखि जापानमा दक्ष कामदार ९कुक० भिषामा रोजगारीमा आएका थिए ।